दफा २२
आयकर सम्बन्धी छुट, सुविधा वा सहुलियत
(१) यस ऐन अन्र्तगत दर्ता भएको उद्योगलाई देहाय बमोजिमको आयकर छुट, सुविधा वा सहुलियत प्रदान गरिनेछः–
(क) उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको दरमा बीस प्रतिशतले छुट हुनेछ ।
(ख) सडक, पुल, सुरुङ्ग, रोपवे, रेल्वे, ट्राम, ट्रलीबस, विमानस्थल, औद्योगिक संरचना एवं पूर्वाधार कम्प्लेक्स जस्ता निर्माणमूलक उद्योगमा लगानी गरी सञ्चालन गरेमा सोबाट प्राप्त आयमा लाग्ने करको दरमा चालीस प्रतिशतले छुट हुनेछ ।
(ग) अनुसूची–१० मा उल्लिखित अति अविकसित, अविकसित र कम विकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवं वाइन उत्पादन गर्ने उद्योग बाहेकका उत्पादनमूलक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार शुरु गरेको मितिले दश वर्षसम्म प्रचलित कानून बमोजिम लाग्ने आयकरको दरमा क्रमशः नब्बे, असी र सत्तरी प्रतिशत छुट पाउनेछ ।
तर अति अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवं वाइन उत्पादन गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले दश वर्षसम्म चालीस प्रतिशत आयकर छुट हुनेछ ।
(घ) एक अर्बभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने र पॉच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने उत्पादनमूलक उद्योगलाई कारोबार शुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत आयकर छुट हुनेछ ।
तर हाल सञ्चालनमा रहेका यस्ता उद्योगले कम्तीमा पच्चीस प्रतिशत जडित क्षमता बृद्धि गरी एक अर्ब पूँजी पुर्याई पाँच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता बृद्धिबाट प्राप्त भएको आयमा पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत आयकर छुट हुनेछ ।
(ङ) सम्वत् २०८० साल चैत्र महिनासम्म जलविद्युतको व्यापारिक रुपमा उत्पादन, प्रसारण वा वितरण सुरु गर्ने अनुमति प्राप्त व्यक्ति वा निकायले पहिलो दश वर्षसम्म पूरै आयकर छुट पाउने छ र त्यसपछिको पाँच वर्षसम्म पचास प्रतिशत आयकर छुट पाउनेछ । यस्तो सुविधा सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युतले समेत पाउनेछ ।
तर यो ऐन प्रारम्भ हुँदाका बखत व्यापारिक उत्पादन प्रारम्भ गरिसकेका अनुमतिपत्र प्राप्त व्यक्तिको हकमा अनुमतिपत्र प्राप्त गर्दाका वखतको व्यवस्था लागू हुनेछ ।
(च) पेट्रोलियम तथा प्राकृतिक ग्यास तथा इन्धन अन्वेषण तथा उत्खनन् गर्ने कारोबार गर्ने व्यक्तिले २०७५ साल चैत्र महिनासम्म व्यापारिक रुपमा कारोबार सञ्चालन गरेमा कारोबार सञ्चालन गरेको मितिले पहिलो सात वर्षसम्म पूरै आयकर छुट पाउनेछ र त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत आयकर छुट पाउनेछ ।
(छ) दुई अर्बभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई र पाँच करोड भन्दा बढीको पूँजी लगानीमा महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा स्थापना हुने पूर्वाधारयुक्त होटल, रिसोर्ट जस्ता पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई कारोबार शुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट भई त्यसपछिको तीन वर्षसम्म लाग्ने आयकरको दरमा पचास प्रतिशत छुट हुनेछ ।
तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगले हालको जडित क्षमताको कम्तीमा पच्चीस प्रतिशत क्षमता बृद्धि गरी दुई अर्ब पूँजी पुर्याएमा त्यसरी क्षमता बृद्धिबाट प्राप्त भएको आयमा पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट र त्यसपछिको तीन वर्षसम्म लाग्ने आय करको दरमा पचास प्रतिशत छुट हुनेछ ।
(ज) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको टेक्नोलोजी पार्क, बायोटेक पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, साइबर क्याफे, डिजिटल म्यापिङ्ग सम्बन्धी उद्योगको आयमा लाग्ने करको पचास प्रतिशत छुट पाउनेछ ।
(झ) देहायका संख्यामा नेपाली नागरिकलाई रोजगारी दिने देहायका उद्योगलाई देहाय बमोजिमको छुट सुविधा प्रदान गरिनेछ ः-
(१) तीन सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग, सूचना ... प्रविधि उद्योगलाई सो वर्षको आयमा लाग्ने करको पन्ध्र प्रतिशत,
(२) बाह्र सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग एवं सूचना ... प्रविधि उद्योगलाई सो वर्षको आयमा लाग्ने करको पच्चीस प्रतिशत,
(३) उपखण्ड (१) वा (२) बमोजिम रोजगारीप्राप्त नेपाली नागरिकहरुमध्ये कम्तीमा पचास प्रतिशत महिला, दलित वा अपाङ्गता भएका व्यक्तिहरु रहेमा त्यस्तो उद्योगलाई सो वर्षको आयमा लाग्ने करमा थप पन्ध्र प्रतिशत ।
(ञ) उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरेमा प्राप्त आयमा लाग्ने करको दरमा पच्चीस प्रतिशतले छुट हुनेछ ।
(ट) उद्योगले आफ्ना श्रमिक तथा कर्मचारीको दीर्घकालीन हित वा कल्याणकारी कार्यहरु, जस्तैः आवास व्यवस्था, जीवन बीमा, स्वास्थ्य सुविधा, शिक्षा तथा तालिम, शिशु स्याहार केन्द्र र शारीरिक तन्दुरुस्तीका लागि खेलकुद तथा व्यायाममा गरेको खर्च आयकर प्रयोजनको लागि कट्टी गर्न पाउनेछ ।
(ठ) प्रदूषण रोकथाम तथा नियन्त्रण गर्ने वा खेर गएका वस्तुको पुनप्रशोधन वा पुनप्रयोग समेत गरी वातावरणमा न्यूनतम असर पार्ने पद्धति तथा उपकरणमा भएको खर्चमध्ये व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतसम्म सोही वर्ष खर्च कट्टी गर्न पाउनेछ। व्यवसायको समायोजित करयोग्य आयको सीमाभन्दा अधिक खर्चलाई आगामी आय वर्षको शुरुमा पूँजीकरण गरी ह्रास कट्टी गर्न सक्नेछ ।
(ड) उर्जा दक्षता अभिवृद्धि गरी ऊर्जा खपत घटाउन सघाउ पु¥याउने यन्त्र वा उपकरणमा लगानी गरेको सम्पूर्ण खर्च आयकर प्रयोजनको लागि कट्टा गर्न पाउनेछ ।
(ढ) उद्योगको उत्पादकत्व अभिवृद्धिको लागि उद्यमशीलता अभिवृद्धि, अनुसन्धान तथा विकास र नयाँ प्रविधि सिर्जना गर्न लागेको खर्चमध्ये सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतसम्म खर्च कट्टी गर्न सक्नेछ । समायोजित करयोग्य आयको सीमाभन्दा अधिक खर्चलाई आगामी आय वर्षको शुरुमा पूँजीकरण गरी ह्रास कट्टी गर्न सक्नेछ ।
(ण) उद्योगले व्यवसायसँग सम्बन्धित बजार प्रवद्र्धन, सर्वेक्षण र विज्ञापनको लागि भएको खर्च आयकरको प्रयोजनको लागि कट्टी गर्न सक्नेछ ।
(त) उद्योगको भौतिक सम्पत्तिको सुरक्षा गर्न उद्योगले तोकिए बमोजिमको खर्च र यसको बीमा बापत खूद भुक्तानी भएको प्रिमियम बापतको खर्च आयकरको प्रयोजनको लागि कट्टी गर्न सक्नेछ ।
(थ) उद्योगले नेपालमा दर्ता भएको बौद्धिक सम्पत्ति अन्तर्गतको औद्योगिक सम्पत्तिको स्वदेशमा संरक्षण गर्दा लागेको खर्च आयकर प्रयोजनको लागि कट्टी गर्न पाउनेछ ।
(द) कुनै उद्योगले नेपालमा सिर्जना भै दर्ता भएको बौद्धिक सम्पत्तिको निर्यातबाट प्राप्त हुने रोयल्टी आयमा लाग्ने आयकरको दरमा पच्चीस प्रतिशतले छुट पाउनेछ ।
(ध) कुनै उद्योगले आफूले सिर्जना गरेको बौद्धिक सम्पत्तिको हस्तान्तरण वा बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा पचास प्रतिशतले छुट पाउनेछ ।
(न) कुनै उद्योगले आफूले प्राप्त गरेको बौद्धिक सम्पत्ति संरक्षणका लागि विदेशमा दर्ता गर्दा लागेको शुल्क नेपाल सरकारले तोकेबमोजिम शोधभर्ना दिन सक्नेछ ।
(प) कुनै उद्योगले कर छुट पाउने संस्थालाई चन्दा वा उपहार दिएको रकममध्ये एक लाख रुपैयाँँ वा सो उद्योगको सो आय वर्षको समायोजित करयोग्य आयको पाँच प्रतिशतमध्ये जुन घटी हुन्छ, सो रकम आयकर प्रयोजनको लागि घटाउन पाउनेछ ।
(फ) कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै उद्योगले खर्च गरेको वा चन्दा दिएको रकम आय निर्धारणको प्रयोजनको लागि पूर्ण वा आंशिक रुपमा कट्टी गर्न पाउने गरी तोक्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूर्तिजन्य उद्योग, मदिराजन्य उद्योग र कत्था वा कच्छ उद्योगले उल्लिखित कुनै पनि छुट तथा सुविधा पाउने छैन ।
तर त्यस्ता उद्योगहरुले प्रचलित कानून बमोजिम आफ्ना श्रमिक तथा कर्मचारीको दीर्घकालीन हित वा कल्याणकारी कार्यहरुमा गरेको खर्च, प्रदूषण रोकथाम तथा नियन्त्रण गर्ने, खेर गएका वस्तुको पुन प्रशोधन गर्ने, वातावरणमा न्यूनतम असर पार्ने पद्धति तथा उपकरणमा भएको खर्च, उर्जा दक्षतामा अभिवृद्धि गरी उर्जा खपत घटाउन सघाउ पुर्याउने यान्त्रिक उपकरणमा लगानी गरेको खर्च, अनुसन्धान तथा विकास खर्च लगायत व्यवसाय प्रवद्र्धनका लागि हुने वास्तविक खर्चहरु कट्टी गर्न पाउनेछन् ।
(३) एउटै आयको सम्बन्धमा यस दफा बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको उद्योगले आ आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ ।